FAQs Complain Problems

समाचार

बडा दशैं २०७५ को पावन अवसर धुलिखेल नगरपालिका द्वारा नगर स्तरिय दोस्रो राजन कोइराला स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने |

बडा दशैं २०७५ को पावन अवसर तथा स्व. राजन कोइरालाको सम्झनामा युवा संघ नेपाल धु.न.पा.२ को आयोजनामा यहि मिति २०७५ साल असोज २६ देखि २९ गते सम्म धुलिखेल नगर स्तरिय दोस्रो राजन कोइराला स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगितामा हुन गइरहेको छ। यो भलिबल प्रतियोगितामा धुलिखेल नगरपालिकामा रहेका १२ वटै वडाहरु बीच प्रतिस्पर्धा हुनेछ र प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.२० हजार सहित मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमलाई नगद रु.१० हजार सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ। साथै उत्कृष्ट खेलाडीलाई नगद रु।२ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यो रनिङ शिल्ड भलिबल प्रतियोगिता धुलिखेल नगरपालिका वडा न.२ बाट जननिर्वाचित वडा अध्यक्ष राजन कोइरालाको आक्रमणमा परी मृत्यु भएपछि उहाँको सम्झनामा युवा संघ धु.न.पा.२ ले यो प्रतियोगिता सुरु गर्दै आएको हो र यसलाई हरेक बर्ष निरन्तर रूपमा लैजाने आयोजकले बताएको छ।