FAQs Complain Problems

समाचार

चिनको ग्वान्झाउमा पर्यटन विकास र व्यापार सम्बन्धमा भएको कार्यक्रम !!!

आज मिति २०७५ /८/२१ मा दक्षिण कोरियाको बुशन नगरपलिकाका मेयर "ओह केओ दोन" र धुलिखेल नगरपालिका का मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठ बीच पर्यटन विकास र व्यापार बिषयमा चिनको ग्वान्झाउमा दुई पक्षीय छलफल सम्पन्न भएको छ र उहाँले बुशानमा सेप्टेम्बरमा हुने पर्यटन सम्मेलनमा धुलिखेलका पर्यटन ब्यबसायीलाई आमन्त्रण गर्नु भएको छ र निकट भविष्यमा धुलिखेल भ्रमण गर्ने अपेक्षा समेत राख्नु भएको छ ! सोहि कार्यक्रमका बीच धुलिखेल नगरपालिका "tourism promotion organization asia pacific" को सदस्य हुने साथै पर्यटन बिकास ब्यापारमा दुइ नगर र पर्यटन संग सम्बन्धित सस्थाले सहयोग गर्ने सहमति भएको छ यस बाट धुलिखेलको पर्यटन विकास र विस्तारमा थप टेवा पुग्ने आपेक्षा गर्न सकिन्छ |