FAQs Complain Problems

समाचार

आ.व. २०७२/७३ को वार्षिक समीक्षाको सारंश

आ.व. २०७२/७३ को वार्षिक समीक्षाको सारंश

आ. व. २०७२/७३ मा भएका योजना तथा कार्यक्रमहरुको प्रगति विस्तृत रुपमा जानकारी प्रदान गर्नुका साथै नगरपालिकाले सम्पादन गरेका कार्यहरु सरोकारवाला समक्ष पुऱ्याई आवश्यक पृष्ठपोषण लिने उद्देश्यका साथ वार्षिक समीक्षा कार्यक्रम मिति २०७३ भाद्र १० गते शुक्रबार दिनको १२:०० बजेबाट न.पा सभा कक्षमा संचालन भएको थियो । सो समीक्षा कार्यक्रममा सर्वदलिय संयन्त्रका प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज एवम् पत्रकारहरु, सरकारी संस्थाका प्रतिनिधिहरु,उद्योग वाणिज्य संघ , नागरिक सचेतना केन्द्रका सदस्यहरु, वडा नागरिक मञ्चका सदस्यहरु  तथा उपभोक्ता समितिका प्रतिनिधिहरु न.पा. कर्मचारी सहित  ८३ जनाको सहभागिता रहेको थियो ।

धुलिखेल नगरपालिकाका प्रमख एवं कार्यकारी अधिकृत श्री बिनोद भट्टराई ज्यूको अध्यक्षता र जिल्ला विकास समितिको कार्यलाय, काभ्रेपालञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौला प्रमुख अतिथि रहेको उक्त बार्षिक समिक्षा कार्यक्रम लाई दुई सत्रमा विभाजन गरि संचालन गरिएको थियो । । पहिलो सत्रमा नगरपालिकाका सामाजिक शाखा प्रमुख श्री श्रीविक्रम व्याँजुले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने नगरपालिकाले गत आ.व. मा भए गरेका कार्यहरुका बार्षिक समिक्षा कार्यक्रमहरु आन्तरिक प्रशासन शाखा, प्रशासन तथा सुशासन शाखा र सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रगतिहरु प्रशासन तथा सुशासन शाखाका प्रमुख श्री मीनगोपाल तखाछेँले प्रस्तुत गर्नुभएको थियो भने । सामाजिक विकास शाखाका प्रगतिहरु सामाजिक शाखा प्रमुख श्री श्रीबिक्रम ब्याँञ्जुले प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी शहरी विकास शाखा र योजना तथा अनुगमन शाखाबाट भए गरेका कार्यक्रम तथा प्रगतिहरुको बारेमा नगरपालिकाका ईन्जिनियर श्री बिजय कुमार बडालद्वारा प्रस्तुत भएको थियो । उक्त प्रस्तुतिमा उहाँले  गत आ.व.मा २०७२-०७-२३ मा भएको विशेष परिषदबाट पारीत भ्यू-टावर गुरु योजनाका लागि डिजाईन, ड्रईङ, ईष्टिमेट गर्ने कार्य विशेष कारणवश स्थगित भएको बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख अथिति, विशेष अथिति, अथिति, राजनिति दलका प्रतिनिधि समेतले कार्यक्रमको सफलता एबं शुभकामना ब्यक्त गर्नु भएको थियो

दोश्रो सत्रमा सहभागीहरुका न.पा द्धारा गत आ.ब मा भए गरेका कार्यहरुका बार्षिक समिक्षाको सन्दर्भमा आ–आफ्नो राय सल्लाह, सुझाब,गुनासोका लागि खुल्ला छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सेवाग्राही नागरिकहरु तथा अन्य सहभागीहरुले उठाएका विषय वस्तुहरु जस्तै  ठेकेदारबाट गर्नुपर्ने कामको अवधि असीमीत हुनु,फोहरमैला व्यवस्थापन कार्यक्रम, योजना छनौट तथा कार्यान्वयको अवस्था, नक्शा पास सम्वन्धी, अनियमित निर्माण सम्वन्धी  कार्यका बारेमा छलफल भएको थियो । वडा नागरिक मञ्चहरुको तर्फबाट श्री जितेन्द्र खत्री ज्यूले भट्टेडाँडा-काभ्रेभञ्ज्याङ सडकको ० किलोमा व्यक्तिले मापदण्ड विपरीत वाल लगाएको बारेमा वहस उठाउनुभएको थियो ।

अन्तमा उठेका विषय बस्तुहरुको बारेमा धुलिखेल नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत बिनोद भट्टराई स्पस्ट पार्दै सम्पूर्ण सहभागीहरुवाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गरी जिम्मेवारीताको प्रतिवद्धता समेत व्यक्त गर्दै समग्र जिज्ञाशा तथा प्रश्नहरुका सम्वन्धमा प्रकाश पारी कार्यक्रममा सहभागी सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिंदै आगामी दिनमा पनि रचनात्मक सुझाव,सहयोग तथा सहकार्यको अपेक्षा गर्दे कार्यक्रम विसर्जन गर्नु भएको थियो । कार्यक्रमको उदघोषण धुलिखेल वडा नं. २ की सामाजिक परिचालिका श्री सरस्वती श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापन नगरपालिकामा  कार्यरत ICT Volunteer योगेन्द्र तामाङले गर्नुभएको थियो ।