FAQs Complain Problems

समाचार

नगर परिचय

राजधानी देखि  ३०  किमी  पुर्वमा रहेको यस धुलिखेल नगरपाको प्राय अधिकांश भाग   पहाडी  भूभागले ढाकेको छ र मिश्रित जनजातिले बसोबास गरेको यस नगरमा नेवार समूदायको  बाहुल्यता भएको पाईन्छ। पहाडी भूभागले  ओगटेता पनि यहाँ प्राय सबैजसो वडामा खानेपानी , बिजुली र सडकको सुविधा उपलब्ध छ । काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदुषणका कारण यस नगरपालिका क्षेत्र भित्र कहि वर्ष यतादेखि बसोबासको चाप   बढ्न गएको पाईन्छ।   धुलिखेल नगरपालिका सुरुदेखि नै  पर्यटकीय नगरिको रुपमा विकास हुँदै आईरहेको छ । हाल यस नगरपालिकाको वार्ड नं.  ५  को मैनेभीरको डाॉडामा अत्याधुनिक साधन   सम्पन्न धुमखेल सामुदामयि अस्पताल संचालनमा रहेको छ । यसले हजारौ स्वदेशी तथा   विदेशीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ  । त्यस्तै यसै नगरपालिकाको वार्ड नं. ७ भ्याण्डोलमा अन्तराष्ट्रिय स्तरको  काठमाण्डौ   विश्वविधालय संचालनमा रहेको  छ।

       नेपालकै नमूनाको रुपमा   सञ्चालित खानेपानी कार्यक्रम तथा ढल प्रशोधन केन्द्रबाट नमूनाको रुपमा बायोग्याॉस उत्पादन समेत भएको छ । यस नगरपालिका भित्रमा खानेपानी ,  विधुत तथा अन्य विविध सुविधाहरु  रहेको हुनाले विभन्न होटलहरु समेत संचालनमा रहेका छन । नगरको मध्यभाग भएर जाने  अरनिको (कोदारी) राजमार्गका कारण यस नगर तिब्बती ब्यापारको केन्द्र विन्दु नै बनेको छ । साथै   यस नगरको पुर्वी भागबाट धुलिखेल –सिन्धुली-वर्दिवास  सडक निर्माण कार्य अन्तिम चरणमा   पुगेको कारण थप आर्थिक रौनकता थपेको छ  ।