FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको ३४ औ स्थापना दिवसतथा सो अबसरमा आयोजित यस नगरको काभ्रेभन्ज्याङमा निर्मित जननेता स्व.मदन भण्डारीको शालिक अनावरण र पार्क समुत्घाटन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूको प्रमुख आतिथ्यतामा भव्यताकासाथ सम्पन्न !!

धुलिखेल नगरपालिकाको ३४ औ स्थापना दिवसको अबसरमा आयोजित यस नगरको काभ्रेभन्ज्याङमा निर्मित जननेता स्व.मदन भण्डारीको शालिक अनावरण र पार्क समुत्घाटन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूको प्रमुख आतिथ्यतामा भव्यताकासाथ सम्पन्न गरियो साथै नगरको प्राङ्गण आयोजित स्थापना दिवस मूल समारोहमा नगरका वडा नं ३,४,५,६,७ लाई बाल मैत्री वडा घोषणा का साथै नगरको समग्र बिकासमा योगदान गर्नुहुने महानुभावहरुलाई विभिन्न मानपदवीद्वारा सम्मानितगर्नुका साथै रास्ट्रपति रनिङ्ग शिल्ड वितरण र किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गरियो उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल सरकारका प्रबक्ता तथा माननीय संचार तथा सूचना प्रविधि र शहरी विकास मन्त्री श्री गोकुल प्रसाद बास्कोटाज्यू , खानेपानी तथा सरसफाई मन्त्री विना मगर ज्यू अतिथिको रुपमा संघीय तथा प्रदेश सभा सांसद ज्यूहरु,काभ्रेजिल्ला स्थानीय तहका प्रमुख तथा उपप्रमुख ज्यूहरु,कार्यालय प्रमुखज्यूका साथै हजारौ नगरवासीको उपस्थिति रहेको थियो !!