FAQs Complain Problems

समाचार

फोहोर संकलन तथा व्यवस्थापन गर्ने कार्यसम्बन्धि शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना

धुलिखेल नगरपालिका कार्यालय

धुलिखेल नगरपालिका क्षेत्र भित्र उत्पन्न हुने फोहोर संकलन तथा व्यवस्थापन गर्ने कार्य सम्बन्धि शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति २०७३/०४/२८ गते

 

यस नगरपालिका क्षेत्र भित्र उत्पन्न हुने फोहोर प्रत्येक वडाको टोल/घरमा गई दुइ दिनमा एक पटकका दरले नियमित रुपमा संकलन तथा व्यवस्थापन सम्बन्धि कार्य गर्न सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप संस्थागत बोलपत्रबाट लिनुपर्ने भएकोले इच्छुक फर्म,संस्था वा कम्पनीबाट फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपि, व्यवसाय दर्ताको ईजाजतपत्रको प्रतिलिपी, मुल्य अभिबृद्धी कर दर्ता प्रमाणपत्र प्रतिलिपि, आन्तरिक राजश्व विभागबाट आ.व. ०७१/०७२ को कर चुक्ता गरेको प्रमाण पत्र वा कर विवरण पेश गरेको कागजातको प्रतिलिपि सहित बोलपत्र फाराम यस कार्यालयको राजश्व प्रशासन शाखाबाट रु १०२०/- (अक्षरेपी रु एक हजार बीस) मात्र पछि फिर्ता नहूने गरी नगदै तिरी प्रोप्राईटर वा निजले अख्तियार दिएको ब्यक्तिद्वारा यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिन भित्र कार्यालय समयमा बोलपत्र फाराम खरिद गर्न सकिनेछ । कार्यशर्त सम्बन्धि बिस्तृत जानकारीको लागि यस नगरपालिकाको खरिद ईकाइमा सम्पर्क राख्न हुन समेत सूचित गरिन्छ ।