FAQs Complain Problems

समाचार

व्याक–हू लोडर संचालनको लागि सेवा करारमा लिने बारे सूचना

धुलिखेल नगरपालिका काार्यलय

धुलिखेल, काभ्रेपलाञ्चोक

प्रथम पटक पकाशित मिति २०७३/०४/२८

यस नगरपालिका कार्यालयमा रहेको व्याक–हू लोडरको लागि देहायका पदहरु सेवा करारमा आवश्यक भएकोले ईच्छुक व्यक्तिहरुले १५ दिन भित्र यस नगरपालिका कार्यालयमा दरखास्त दिनु हुन सम्बन्धित सरोकारवालाहरुमा सूचित गरिन्छ ।

पद: सहायक स्तर चौथो तह (प्रा) सवारी चालक (डोजर अपरेटर)

संख्या: १ (एक)

सेवा प्रकार: सेवा करार

परिक्षाको किसिम: अन्तवार्ता र प्रयोगात्मक

परिक्षा दस्तुर: रु ७००/ (सात सय)

दरखास्त बुझाउने स्थान: धुलिखेल नगरपालिका कार्यालय, धुलिखेल

परिक्षाको मिति: पछि तोकिनेछ ।

तलव: प्रचलित स्केल बमोजिम हुनेछ ।

पदमा रहि गर्नुपर्ने कामको विवरण: नगरपालिका कार्यालयले तोके बमोजिम ।

आवश्यक न्यूनतम योग्यता:

१) मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राविधिक दशम कक्षा उतिर्ण वा सो सरह सम्बन्धित विषयमा तालिम प्राप्त र १ वर्षको कार्यानुवभ ।

२) उमेरको हद म्याद: ४५ वर्ष ननाघेको ।

३) पेश गर्नु पर्ने कागजातहरु:

 दरखास्त साथ (क) शैक्षिक योग्यताको प्रमाण पत्र प्रतिलिपी (ख) सवारी चालक अनुमति पत्र प्रतिलिपी (ग) तालिमका प्रमाणपत्रहरु ।

घ) नेपाली नागरीकता प्रमाण पत्रको प्रतिलिपी ।

ङ) दरखास्त दस्तुर बुझाएको नगदी रसिद ।

४) दरखास्त दिने अन्तिम मिति सम्म नियम अनुसार उमेर पुगेको र उमेरको हद ननाघेको हुनु पर्नेछ ।

 

पद: सहायक स्तर प्रथम (प्रा) (डोजर हेल्पर)

संख्या: १ (एक)

सेवा प्रकार: सेवा करार

परिक्षाको किसिम :अन्तवार्ता र प्रयोगात्मक

परिक्षा दस्तुर: रु ५००/- (पाच सय)

दरखास्त बुझाउने स्थान: धुलिखेल नगरपालिका कार्यालय, धुलिखेल

परिक्षाको मिति: पछि तोकिनेछ ।

तलव: प्रचलित स्केल बमोजिम हुनेछ ।

पदमा रहि गर्नुपर्ने कामको विवरण: नगरपालिका कार्यालयले तोके बमोजिम ।

आवश्यक न्यूनतम योग्यता:

१) अष्टम कक्षा वा सो सरह तथा १ वर्षको अनुभव सम्बन्धित विषयमा तालिम प्राप्त ।

२) साधारण लेखपढ गर्न जान्ने र २ वर्षको अनुभव सम्बन्धित विषयमा तालिम प्राप्त ।