FAQs Complain Problems

समाचार

धुलिखेल मनोरंजन पार्क संचालन तथा शुल्क उठाउने कार्यको ठेक्का सम्बन्धीशिलबन्दी बोलपत्र आव्हानको सूचना

धुलिखेल नगरपालिका कार्यालय

धुलिखेल मनोरंजन पार्क संचालन तथा शुल्क उठाउने कार्यको ठेक्का सम्बन्धीशिलबन्दी बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७३/०४/२८गते)

 

धुलिखेल न.पा. वडा नं. २ मा अवस्थित धुलिखेल मनोरंजन पार्क संचालन तथा शुल्क उठाउने कार्य सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप आ.व.०७३/०७४ को ठेक्का बन्दोबस्त द्धारा गराउनु पर्ने भएकोले इच्छुक फर्म,संस्था वा कम्पनीबाट फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपि, व्यवसाय दर्ताको ईजाजतपत्रको प्रतिलिपी, मुल्य अभिबृद्धी कर दर्ता प्रमाणपत्र प्रतिलिपि, आन्तरिक राजश्व विभागबाट आ.व. ०७१/०७२ को कर चुक्ता गरेको प्रमाण पत्र वा कर विवरण पेश गरेको कागजातको प्रतिलिपि सहित बोलपत्र फाराम यस कार्यालयको राजश्व प्रशासन शाखाबाट रु १०२०/- (अक्षरेपी रु एक हजार बीस ) मात्र पछि फिर्ता नहूने गरी नगदै तिरी प्रोप्राईटर वा निजले अख्तियार दिएको ब्यक्तिद्वारा यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिन भित्र कार्यालय समयमा बोलपत्र फाराम खरिद गर्न सकिनेछ । कार्यशर्त सम्बन्धि बिस्तृत जानकारीको लागि यस नगरपालिकाको खरिद ईकाइमा सम्पर्क राख्न हुन समेत सूचित गरिन्छ ।