समाचार
बालश्रम मुक्त वडा घोषणा कार्यक्रम
कम उमेरका बालबालिकाहरुलाई श्रम बजारमा प्रवेश गर्न रोक लगाई बालश्रम मुक्त गर्ने उध्देश्यले धुलिखेल नगरपालिकाद्वारा बालश्रम विरुद्ध हरियो झण्डा अभियान सुरुवात गरेको छ । यसै अभियान अन्तर्गत धुलिखेल नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका बनाउने क्रममा राष्ट्रिय बालदिवस, २०७२ को अवसरमा वडा नं. ८ र ९ लाई बालश्रम मुक्त वडा घोषणा कार्यक्रम सफतलताका साथ सम्पन्न भयो । उक्त कार्यक्रम धुलिखेल नगरपालिका कार्यकारी अधिकृत श्री मिनाक्षी भूर्तेलको सभापतित्वमा प्रमुख अतिथि जि.वि.स. काभ्रेका स्थानीय विकास अधिकारी श्री चिरञ्जिवी तिम्सिनाबाट निकृष्ट बालश्रम बिरुध्दको हरियो झण्डा फरफराई शुभारम्भ भएको थियो । कार्यक्रमलाई धु.न.पा. कार्यालयका समाजिक विकास शाखा प्रमुख श्री श्रीविक्रम ब्याञ्जुले स्वागत मन्तब्य राखेका थिए । साथै अन्तराष्ट्रिय श्रम संगठन (ILO) का National Project Coordinator श्री बिपिना शर्मा तथा जिल्ला बाल कल्याण अधिकृत जयराम कर्माचार्यबाट कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नगरपालिका संघका उपाध्यक्ष श्री अशोक ब्याञ्जु, स्थानीय राजनीतिक दलका प्रतिनिधि श्री जितकृष्ण घिनान्जु तथा श्री पृथ्वी थापा, नगर बाल सञ्जालका अध्यक्ष श्री निश्चल श्रेष्ठ, LGCDP, धुलिखेल Cluster का GESIE श्री आनन्दा शाही, स्थानीय नगरवासी श्री पूर्ण ब. कर्माचार्य, जिल्ला बाल संगठनका अध्यक्ष राम कुमार मुल्मीबाट शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्य तस्बीरका लागि यहाँ जानुहोस् ।