FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको ३७ औं स्थापना दिवस कार्यक्रम नेपाल सरकारवाट कृतिमान राष्ट्रदीप पुरस्कारबाट बिभुषित हुनुभएका काठमाण्डौ विश्वविद्यालयका पूर्व उप-कुलपति एबम धुलिखेल अस्पतालका सस्थापक प्रो.डा.रामकण्ठ माकजु श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यता सम्पन्न !!

धुलिखेल नगरपालिकाको ३७ औं स्थापना दिवस कार्यक्रम नेपाल सरकारवाट कृतिमान राष्ट्रदीप पुरस्कारबाट बिभुषित हुनुभएका काठमाण्डौ विश्वविद्यालयका पूर्व उप-कुलपति एबम धुलिखेल अस्पतालका सस्थापक प्रो.डा.रामकण्ठ माकजु श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यतामा धुलिखेल सभाहलमा भव्यताका साथ सम्पन्न !! संस्कृतिक झाकी सहितको र्यालीद्वारा नगर परिक्रमाका क्रममा नगर प्रमुखज्यूद्वारा नगरपालिकाले निर्माण गरेको सपिङ्ग कम्प्लेक्स र साक्षरता स्तम्भको समुद्घाटन सो पश्चात नगर सभाहलमा सुरु भएको मूल समारोहमा नगरपालिका द्वारा प्रकाशित पुस्तक "यात्रा सम्बृद्धिको" बिमोचन गरिनुका साथै समाजसेवी तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरु,संघ संस्था तथा बिद्यालय लाई मानपदवी तथा प्रशंसा पत्रद्वारा सम्मान !! कार्यक्रमका विच नगरपालिका क्षेत्र भित्रका बाबुआमा विहिन बालबालिकाहरुलाई नगद सहयोग र सम्मान गरिनुका साथै प्रमुख अतिथि एबं अतिथि ज्यूहरुलाई नगर प्रमुख एबं उप-प्रमुख ज्यूद्वारा मायाको चिनो प्रदान गर्नुभयो कार्यक्रममा विभिन्न बिद्यालयका छात्र छात्राद्वारा संस्कृतिक नृत्य प्रस्तुत गरेका थिए !!