समाचार
फोटो ग्यालरी
मिति २०७२-०६-१९ गते धुलिखेल नगरपालिका वडा नं. ४ मा नागरिक सचेतना केन्द्रको गठन भएको छ ।
करिब १ बर्ष १३ दिन धुलिखेल नगरपालिकाको कार्यकारी पदको कार्य सफलता पुर्वक सम्पन्न गरेर आज श्री कार्यकारी अधिकृत श्री मिनाक्षी भूर्तेलको बिदाइ कार्यक्रम समापन भयो छ । सो कार्यकाल वहाले अत्यन्तै कुशल्तपुर्वक एवम जिम्मेवारी पुर्वक रूपमा सम्पन्न भएको र एउटा सफल एवम कुशल नेतृत्वको रूपमा वहालाइ धुलिखेल नगरपालिकाले सदैव सम्झनेछ....सोही समारोहमा स्थनिय पञ्जिकाधिकरी श्री सरस्वती दाहालको पनि बिदाइ भएको थियो । साथै नया कार्यकारी अधिकृत विश्व मरासिनि सरको पनि स्वागत कार्यक्रम सम्पन्न भएको भएको थियो ।
धुलिखेल नगरपालिकाले मिति २०७२-०६-०६ मा आ.व. २०७१/७२ मा सञ्चरेका विभिन्न योजना तथा कार्यक्रमहरुको समिक्षा सम्पन्न भयो। नगरपालिकाका कार्यकारी अधिकृत श्री मिनाक्षी भूर्तेलको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक शाखाका प्रमुख श्री विष्णु कुमार श्रेष्ठ ज्युले न.पा. का आय-व्यय तथा विभिन्न खर्चहरु सम्बन्धी प्रस्तुती दिनुभएको थियो । त्यसै गरि नगरपालिकाले सञ्चाल गरेको विभिन्न योजनाहरुको प्रस्तुती न.पा.का योजना तथा अनुगमन शाखाका प्रमुख श्री बिजय कुमार बडालले गर्नुभएको थियो । नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख श्री श्रीविक्रम ब्याञ्जु ज्युले लक्षित वर्गहरुला लागि सञ्चालन भएका कार्यक्रमहरुको बारेमा बताउनुभएको थियो । न.पा.का सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटनादर्ता तथा गुनासो सम्बन्धी भएका विभिन्न कार्यहरुको बारेमा बताउनुभयो । विभिन्न उपस्थितहरुबाट आएका प्रश्नहरुको उत्तर सम्बन्धित शाखा प्रमुखहरुबाट भएको थियो ।
कार्यक्रम नेपाल नगरपालिका संघका उपाध्यक्ष श्री अशोक ब्याञ्जुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, वडा नागरिक मञ्चका प्रतिनिधिहरु तथा स्थानीय नगरवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कम उमेरका बालबालिकाहरुलाई श्रम बजारमा प्रवेश गर्न रोक लगाई बालश्रम मुक्त गर्ने उध्देश्यले धुलिखेल नगरपालिकाद्वारा बालश्रम विरुद्ध हरियो झण्डा अभियान सुरुवात गरेको छ । यसै अभियान अन्तर्गत धुलिखेल नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका बनाउने क्रममा राष्ट्रिय बालदिवस, २०७२ को अवसरमा वडा नं. ८ र ९ लाई बालश्रम मुक्त वडा घोषणा कार्यक्रम सफतलताका साथ सम्पन्न भयो । उक्त कार्यक्रम धुलिखेल नगरपालिका कार्यकारी अधिकृत श्री मिनाक्षी भूर्तेलको सभापतित्वमा प्रमुख अतिथि जि.वि.स. काभ्रेका स्थानीय विकास अधिकारी श्री चिरञ्जिवी तिम्सिनाबाट निकृष्ट बालश्रम बिरुध्दको हरियो झण्डा फरफराई शुभारम्भ भएको थियो । कार्यक्रमलाई धु.न.पा. कार्यालयका समाजिक विकास शाखा प्रमुख श्री श्रीविक्रम ब्याञ्जुले स्वागत मन्तब्य राखेका थिए । साथै अन्तराष्ट्रिय श्रम संगठन (ILO) का National Project Coordinator श्री बिपिना शर्मा तथा जिल्ला बाल कल्याण अधिकृत जयराम कर्माचार्यबाट कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नगरपालिका संघका उपाध्यक्ष श्री अशोक ब्याञ्जु, स्थानीय राजनीतिक दलका प्रतिनिधि श्री जितकृष्ण घिनान्जु तथा श्री पृथ्वी थापा, नगर बाल सञ्जालका अध्यक्ष श्री निश्चल श्रेष्ठ, LGCDP, धुलिखेल Cluster का GESIE श्री आनन्दा शाही, स्थानीय नगरवासी श्री पूर्ण ब. कर्माचार्य, जिल्ला बाल संगठनका अध्यक्ष राम कुमार मुल्मीबाट शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्य तस्बीरका लागि यहाँ जानुहोस् ।